गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन्।
कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी भएका उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए। रासस