यस्ता छन्, बच्चाकाे ढिलो दाँत आउनुका कारण !

Nepaldent.com
Nepaldent.com

बच्चा जन्मिँदा नै उनीहरूको दाँत गिजामुनि हुने गर्छ। पहिलो दाँत सामान्यतया बच्चा महिनादिनको भएपछि आउन थाल्छ।

सबै बालबालिकाको पहिलो दाँत आउने समय एउटै हँुदैन। कसैको छिटो आउँछ भने कसैको आउन सक्छ। तीन वर्षको उमेरमा धेरैजसो बच्चामा २० वटा दाँतको पूर्ण सेट आइसकेको हुन्छ।

सानो उमेरमा दाँत उम्रेको बालबालिकासँग तुलना गर्दा केही बच्चाको दाँत नआउनुकाका कारण स्वास्थ्यमा समस्या आउन पनि हुन सक्छ। यी विभिन्न कारणले बच्चाहरूमा दाँत ढिला उम्रने हुन सक्छ।

यदी परिवारका अन्य सदस्यको पनि ढिलो दाँत आएको थियो भने बच्चामा पनि सो सम्भावना उच्च हुन्छ।

यसका अन्य कारणमा समयअगावै शिशु जन्मनु, जन्मिँदा कम तौल हुनु, केही आनुवाशिंक कारण, कुपोषणका लक्षण, भिटामिन डि र क्याल्सियमको कमी, थाइराइड र अन्य हर्मोनको समस्या, डाउन्स सिन्ड्रम, मानसिक समस्या आदि हुन्।

बच्चाले औसतभन्दा बढी दाँत आउने समय लिइरहेको छ तर अन्य स्वास्थ्य छैनन् भने, चिन्ता लिनुपर्ने हँुदैन। तर, यदि १८ महिनाको उमेरमा पुग्दासमेत बच्चाको कुनै दाँत आएको छैन भने, चिकित्सककोमा जानुपर्ने हुन्छ। किनकी त्यो भने समस्याको कारण बन्न सक्दछ।

प्रकाशित मिति: : 2021-03-07 17:50:00

प्रतिकृया दिनुहोस्