उत्तर तथा पूर्वी सिरियामा अमेरिकाद्धारा नयाँ रक्षा प्रणाली लागु

इरान समर्थित आतंकवादी (मिलिसिया) द्वारा हुने सम्भावित हमलाबाट बच्न अमेरिकी सेनाले उत्तर र पूर्वी सिरियामा रहेको आफ्नो सैन्य अखडामा नयाँ  रक्षा प्रणाली (डिफेन्स सिस्टम) सुरु गरेको छ।

समाचार एजेन्सीका अनुसार देईर अल(जौर प्रान्तस्थित अल(उमर तेल क्षेत्रमा एन्टी(ड्रोन एयर डिफेन्स सिस्टम र  सतहदेखि सतहसम्म प्रहार गर्न सक्ने  मिसाइल तैनाथ गरिएको छ।

निगरानी समूहका अनुसार अमेरिकी सेना इराकको कुर्द क्षेत्रमा रहेको आफ्नो अखडाबाट नयाँ हतियार र  उपकरण लिएर आउने छ।

यसैगरी  उत्तर र पूर्वी सिरियाका सबै अमेरिकी अखडामा अझै राम्रो रक्षा प्रणाली लागु गरिनेछ।

सिरियामा इरान समर्थित मिलिसिया र अमेरिकी सेनाबीच भएको युद्धमा हालसम्म दुवैतर्फ करिब २० हजारको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2021-03-07 08:09:00

प्रतिकृया दिनुहोस्