विश्वका २० देशमा दुई करोड पठाइयो कोभ्याक्स

Photo : Unicef
Photo : Unicef

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ। विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो।

यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो। यी खोपहरु यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो।

यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट शुरु भएको थियो। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन्। उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए। 

आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ। रासस

 

प्रकाशित मिति: : 2021-03-06 18:02:00

प्रतिकृया दिनुहोस्