सातै प्रदेशमा कृषक सुचीकरण अभियान शुभारम्भ

File photo
File photo

मुलुकमा पहिलोपटक किसान सूचीकरण व्यवस्थापन अभियानको शुभारम्भ गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीमा एक समारोहका बीच सातै प्रदेशमा एकैसाथ उक्त अभियान शुरुआत भएको घोषणा गरे। उक्त समारोहको भर्चुअल विधिबाट सातै प्रदेशमा एकैसाथ प्रसारण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभियान कृषिको व्यवसायीकरण र आधुनिकीकरणको महत्वपूर्ण प्रयासका रूपमा रहेको बताए। सरकारले लिएको कृषि रणनीति कार्यान्वयनको एउटा चरण कृषक सूचीकरण अभियान रहेको उल्लेख गर्दै उनले त्यसले कृषि क्षेत्रलाई आकर्षित र सम्मानित पेशाका रूपमा रुपान्तरण गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विकास सुचकाङ्कमा प्रगति गरिरहेको सन्दर्भ जोड्दै कोभिड–१९ को असरबाट माथि उठेर मुलुकले अर्थतन्त्रको गति अघि बढाउन थालेको जानकारी दिए। 

प्रविधिको विकाससँगै मुलुकका हरेक गतिविधि प्रविधिमैत्री बनाउँदै लगिएको सन्दर्भमा किसान सूचीकरण व्यवस्थापन कार्यक्रमलाई डिजिटल नेपालको एउटा कडीका रूपमा हेरिएको छ। रासस

प्रकाशित मिति: : 2021-03-06 17:50:00

प्रतिकृया दिनुहोस्