काठमाडौंमा विप्लवसहित ४ कम्युनिष्ट पार्टीको रणनीतिक बैठक

काठमाडौंमा ४ कम्युनिष्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको बैठक सम्पन्न भएको छ।

प्रतिबन्धपछि सार्वजनिक भएपछि विप्लवसहित बसेको बैठकले बिद्रोही नेकपा र सरकारबीच भएको पछिल्लो सहमतिबारे छलफल गरेको छ।

बैठकमा नेत्रविक्रम चन्द 'विप्लव', मोहन वैद्य 'किरण', विश्वभक्त दुलाल, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मालगायत नेता उपस्थित भएका थिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन्। 

बैठकले ४ कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको आगामी कार्यक्रमबारे नयाँ कार्यक्रम तय गरेको छ।



विप्लवको शान्तिपूर्ण राजनीति, वर्षमानका लागि टाउको दुखाइ

प्रकाशित मिति: : 2021-03-06 17:42:00

प्रतिकृया दिनुहोस्