पाटन संग्रहालयको गर्भमा लुकेको रहस्यमय मल्लकालीन कलाकृति

शिलापत्र

काठमाडौं

बिस्कुन सुकाएझैँ पोखिएको कलिलो घामले पाटन दरबार स्क्वायर पहेँलपुर देखिएको छ। पाटनको न्यानो ताप्न कहाँकहाँदेखि आइपुगेका छन्, परेवा र मानिस ! भुर्रभुर्र उड्दै परेवाहरू घरि सङ्ग्रहालयको छाना ताक्छन्, घरि गरुडको, घरि पाटन परिसर चहार्छन् त घरि सालिक! 

हुन त मानिस पनि परेवाभन्दा कम छैनन्। कृष्ण मन्दिर (सानो) देखि पल्लो छेउ भीमसेनस्थान मन्दिरसम्मै एकाबिहानै पाटन परिसर गुञ्जायमान हुन्छ, मानिसहरूको चहलपहल र मन्त्रोच्चारणले।

भीमसेनस्थान मन्दिरअगाडि लामवद्ध छन् व्यापारी, जसले फूलमाला र अन्न/मकै बेचिरहेका छन्। परिसरभित्रै चिया, फूल, अन्न बेच्नेहरू पनि छन्। परेवा तिनै आहाराले पालिएका छन्। अनि परेवाले आहारा खाइदिएबापत हुने कमाइले उनीहरूलाई पालेको छ। जेहोस्, पाटन परिसरले धेरैलाई पालेको छ। 

पृष्ठभूमिमा घण्टले पनि साथ दिइरहेको छ। हनुमान, बिच्छी र गणेशको पूजा गर्दै मानिसहरू घडीको सुईसँगै गुणन भइरहेको प्रतीत हुन्छ। साना बालबालिकादेखि वृद्धसम्म अटाएको पाटन दरबार स्क्वायर धेरैका लागि गन्तव्यस्थल हो। बालबालिकाका लागि खेल्ने ठाउँदेखि वृद्धहरूका लागि आरामकक्ष यहीँ उपलब्ध छ। के बिहान के बेलुका, जुनसुकै बेला पनि पाटन एक्लो देखिँदैन।

प्रकाशित मिति: : 2021-03-06 13:57:00

प्रतिकृया दिनुहोस्