तेजन खड्का
प्रवीण बास्तोला रहस्यमय मृत्यु प्रकरणमा फितलाे अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक उद्धव पाेखरेल जिल्ला प्रहरी कार्यालय माेरङ तानिएका छन्। उर्लाबारीका ३२ वर्षीय युवा बास्ताेलाको मृत्त शरीर पुस ५ मा फेला परेको थियो।
शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको फोटो राखेपछि प्रहरी निरीक्षक उद्धव पोखरेल विवादमा मुछिएका थिए।
शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गर्दै पोखरेललाई जिल्ला तानेको हो। उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएका छन्।
प्रवीण प्रकरणको अनुसन्धानमा लापरबाही गरेको, पीडितलाई घटनाबारे बुझ्न आउँदा हप्कीदप्की गरेको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए।
प्रहरी निरीक्षक पोखरेललाई बयानका लागि जिल्ला बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘बास्तोला मृत्यु प्रकरणमा पोखरेलको दोष देखियो भने कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक खड्काले बताए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया