
तेजन खड्का
प्रवीण बास्तोला रहस्यमय मृत्यु प्रकरणमा फितलाे अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक उद्धव पाेखरेल जिल्ला प्रहरी कार्यालय माेरङ तानिएका छन्। उर्लाबारीका ३२ वर्षीय युवा बास्ताेलाको मृत्त शरीर पुस ५ मा फेला परेको थियो।
शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको फोटो राखेपछि प्रहरी निरीक्षक उद्धव पोखरेल विवादमा मुछिएका थिए।
शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गर्दै पोखरेललाई जिल्ला तानेको हो। उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएका छन्।
प्रवीण प्रकरणको अनुसन्धानमा लापरबाही गरेको, पीडितलाई घटनाबारे बुझ्न आउँदा हप्कीदप्की गरेको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए।
प्रहरी निरीक्षक पोखरेललाई बयानका लागि जिल्ला बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘बास्तोला मृत्यु प्रकरणमा पोखरेलको दोष देखियो भने कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक खड्काले बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया