बिएल संवाददाता
उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार प्रतिवादी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी-६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिका -९ का ३१ वर्षीय दीपेश पौडेल रहेका छन्।
दुबैलाई प्रहरीले भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए।
पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरी निरीक्षक देवले बताए।
उक्त घटनाका ६ जना प्रतिवादीमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमारमध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा मोरङ कारागार पठाइसकिको छ भने कुमार राईलाई ३ लाख धरौटीमा र गिरीलाई १ लाख धरौटीमा छाडेको छ ।
उक्त घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै परिवार विरोधमा उत्रेपछि प्रहरीले फागुन ११ गते ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया