बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र २ वर्ष देखि भुमिगत रहदै आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आज (शुक्रबार) सँगै देखिँदै छन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहिबार भएको तेस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको थियो। जसलाई प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले आज एउटै मञ्चबाट सार्वजनिक तथा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउसो २ बजे राष्ट्रियसभा गृहमा हुने बताईएको छ।
मन्त्रिपरिषद बैठकले हिजो (बिहिबार) नै नेत्रविक्रम चन् नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिसकेको छ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।त्यसयता विप्लव भुमिगत रहदै आएका थिए।
तर फेरी सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच हुन लागेको सहमतीले नेपाली राजनीतिमा नयाँ माहोल सिर्जना भएको छ।
यो ऐतिहासिक राजनैतिक घटनाले आम जनतामा नयाँ उत्साह र खुशी छाएको देखिन्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया