बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र २ वर्ष देखि भुमिगत रहदै आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आज (शुक्रबार) सँगै देखिँदै छन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहिबार भएको तेस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको थियो। जसलाई प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले आज एउटै मञ्चबाट सार्वजनिक तथा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउसो २ बजे राष्ट्रियसभा गृहमा हुने बताईएको छ।
मन्त्रिपरिषद बैठकले हिजो (बिहिबार) नै नेत्रविक्रम चन् नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिसकेको छ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।त्यसयता विप्लव भुमिगत रहदै आएका थिए।
तर फेरी सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच हुन लागेको सहमतीले नेपाली राजनीतिमा नयाँ माहोल सिर्जना भएको छ।
यो ऐतिहासिक राजनैतिक घटनाले आम जनतामा नयाँ उत्साह र खुशी छाएको देखिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया