विद्यालयमा छात्राहरुलाई समस्या भन्न गाह्रो

विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन।

विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन्। कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ। 

मोती माविकी छात्रा मुना जिसी आफुलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउछिन्। “महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न”, छात्रा जिसीले भनिन्।

छात्रा आशिका महतोले पनि किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताउछिन् । “किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ”, आशिकाले भनिन्।

कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विकले एकैपटक शौचालयमा चार÷पाँच जना छिनुपर्ने बाध्यता रहेको बताएकी छन्।। रासस

प्रकाशित मिति: : 2021-03-04 10:16:00

प्रतिकृया दिनुहोस्