आज देशभरका सबै अदालतमा शोक विदा हुने भएको छ।
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीस सुरेन्द्र प्रसाद सिंहको निधनमा शोक विदा दिने निर्णय गरेको हो। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत तथा अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्चले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
पूर्वप्रधानन्यायाधीस सिंहको ८९ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो।२०५२ असोज १० गते प्रधानन्यायाधीस पदमा नियुक्त भई २०५३ चैत सम्म कार्यरत रहे।
संविधान र कानुनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल, मिलनसार र विवेकशिल व्यक्तिको रुपमा रहेका पूर्वप्रधानन्यायाधीस सिंहको निधनप्रति सर्वोच्च अदालतले दुखसमेत व्यक्त गरेको छ।