सुरक्षामा मात्रै मासिक ८० लाख खर्च, तर प्रधानमन्त्री भन्छन्–ममाथि हमला भइहाल्यो भने अनौठो नमाने हुन्छ

आयोमेल

काठमाडाैं

प्रधानमन्त्री केपी ओली चार तहको सुरक्षा घेरामा हिँड्छन्।

निवास, सवारी र व्यक्तिगत सुरक्षामा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारी २४ सै घण्टा उनको सुरक्षा र चुनौतीका सूचनाहरू संकलन गरिरहेका हुन्छन्।

तर तिनै प्रधानमन्त्रीले गत सोमबार पोखरामा आयोजित एक कार्यक्रममा भने, ‘ममाथि शारीरिक हमला नै भयो, ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमाने हुन्छ, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउँछौं।’

प्रकाशित मिति: : 2021-03-03 22:22:00

प्रतिकृया दिनुहोस्