चलचित्रमा युवा पुस्ताको भविष्य छैन ?

बाह्रखरी

काठमाडौं

नेपाली चलचित्रमा युवाको आकर्षण बढ्दो देखिए पनि यसमा भविष्य सुरक्षित छ भन्नेमा स्वयं चलचित्रर्मीहरुमा नै आशंका छ । फेस भ्यालु खोज्ने गलत प्रवृत्ति, बजारमा रुचाइएको एउटै कलाकारको पछि लाग्ने गलत संस्कारका कारण युवा पुस्ताको भविष्य सुरक्षित नरहेको चलचित्रकर्मीहरुको भनाइ छ ।

‘आमा’, ‘धनपति’, ‘गोपी’लगायत चलचित्रमा अभिनय गरेर समीक्षक र दर्शक दुवैको तारिफ पाएकी अभिनेत्री सुरक्षा पन्तलाई अझै पनि आफ्नो भविष्य चलचित्र क्षेत्रमा शतप्रतिशत सुरक्षित छ भन्ने विश्वास लागेको छैन ।

“पैसाको मात्रै कुरा गर्ने हो भने चलचित्रमा युवा पुस्ताको भविष्य सुरक्षित छैन । त्यसैले म अर्को व्यवसायमा पनि छु । सायद, अरुको पनि छ होला,” सुरक्षा भन्छिन्, “यसको अर्थ आर्थिक सुरक्षाको ग्यारेन्टी छैन भन्ने हो । र, कतैबाट आश्वस्त हुने वातावरण पनि छैन ।” सुरक्षा आर्किटेक्ट इन्जिनियर हुन् ।

नेपालमा कलाकारलाई आवश्यकता परेको वा बाध्यता आइलागेको अवस्थामा हेर्ने कुनै संस्था नरहेको उनी बताउँछिन् । पेसागत संघ–संस्था र विकास बोर्ड रहे पनि उनीहरुले आजसम्म व्यवहारतः आश्वस्त पार्न नसकेको सुरक्षाको भनाइ छ । राज्यले पनि कलाकारलाई नजरअन्दाज गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2021-03-03 19:03:00

प्रतिकृया दिनुहोस्