उपमेयर रिताकुमारीलाई छोराले भन्छन्- तपाईंले गरेको वाचा पूरा भएन नि!

हाइस्कुल जान गाउँको पञ्चायतीसँग भिडेकी रिता

सेतोपाटी

काठमाडाै‌ं

धेरै वर्षअघिको कुरा हो, छोरीहरूलाई शिर उठाएर बोल्न, हिँड्न र बाँच्न मनाही थियो, त्यसमाथि बुहारीहरूलाई घुम्टो खोलेर!

समाज त्यस्तै भएपनि बुवाले भने छोरीलाई पढाउनुपर्छ भन्ने सोच्थे।

रौतहटको सेरवा– ब्रह्मपुरी गाउँमा रहेको स्कुलमा रिता कुमारी मिश्र र उनकी दिदीले पाँच कक्षासम्म पढे। त्यसपछि पढ्न सदरमुकाम गौर जानुपर्ने भयो।

उनका बुवाले एकदिन गौर गएर ‘त्यहाँको एक हाई स्कुलमा उनीहरूको भर्ना गरिदिए।

उनका दिदी बहिनी फुर्किँदै आफ्ना सामान प्याक गर्न थालेका थिए। मनमा नयाँ स्कुलको नयाँ नयाँ चित्र बन्दै थिए, उनीहरूको खुट्टा भुँइमा थिएन।

तर गाउँमा त अर्कै हल्लाखल्ला मच्चियो।

उनका बुवा विरूद्ध गाउँको पञ्चायतीमा उजुरी परेको रहेछ।  बुजुर्गहरू जम्मा भए। उनी भने घरमै बसिरहेकी थिइन्। पञ्चायतीमा बुवा गएका थिए। उनलाई बुवाले सबैलाई सम्झाएर आउँछन् भन्नेमा ढुक्कै थियो।

तर केहीबेरमा उनका स्कुले मित्र आइपुगे।

प्रकाशित मिति: : 2021-03-03 18:37:00

प्रतिकृया दिनुहोस्