सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

अनलाइनखबर

काठमाडाै‌ं

गौरव पोखरेल

प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए ।

नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार यो अवधि सिनियरको मातहतमा बसेर काम सिक्ने समय हो ।

तर, अर्घाखाँची घर भएका इन्स्पेक्टर पन्थीले यही अवधिमा अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान गरेका छन् ।

उनले संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिने सन् २०२१ को अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । पन्थीसँगै प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीले संयुक्तरुपमा यो अवार्ड पाएका हुन् ।

ब्युरोका प्रमुख सहकुलबहादुर थापाका अनुसार अवार्डका लागि नेपाल प्रहरी वा कुनै नेपालका निकायले सिफारिस गरेका थिएनन् । ‘कार्यक्रमले बनाएको स्वतन्त्र प्यानलको छनौटमा पुरस्कार दिइँदो रहेछ’, थापाले अनलाइनखबरसँग भने, ‘यसले सीआईबी, नेपाल प्रहरी मात्र होइन, सिंगो देशकै प्रतिष्ठा बढाएको छ ।’

प्रकाशित मिति: : 2021-03-03 12:01:00

प्रतिकृया दिनुहोस्