आफुमाथी जोक भएको भन्दै हलिउड गायिका स्विफ्टले दिईन् यस्तो प्रतिक्रिया 

Photo : vanity
Photo : vanity

हलिउड गायिका टेलर स्विफ्टले आफुमाथी जोक भएको भन्दै रिस पोखेकी छन्। नेटफ्लिक्सको सिरिज ‘जिन्नी एन्ड जर्जिया’मा समावेश भएको जोकमाथि उनले रिस पोखेकी हुन्। 

गायिका स्विफ्टले आफ्नो नामलाई लिएर गरेको जोकमाथि प्रतिक्रिया दिदै ट्विट गरेकी छन्, 'यस्तो बकवास कुरा गरेर परिश्रमी महिलाहरूलाई अपमान गरिएको छ।' 

गायिका स्विफ्टका फ्यानहरुले पनि उनको अभिव्यक्तीको प्रशंसा गरेका छन्।  

गायिक  स्विफ्ट पछिल्लो समय ब्रिटिस अभिनेता जो एल्विनसँग प्रेमसम्बन्धमा रहेको हल्ला छ।
 

प्रकाशित मिति: : 2021-03-03 08:10:00

प्रतिकृया दिनुहोस्