किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
तनहुँमा नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई बलात्कार गर्ने १९ बर्षीया युवा पक्राउ गरिएको हो। बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहुँे जिल्ला अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।
किशोरीको महिनावारी रोकिएपछि आमाले सोध्दा नातामा दाई पर्नेले बलात्कार गरेको खुल्न आएको हो। अहिले किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।