दुई सन्तानकी आमा अन्या बनिन् 'मिस जर्मनी' 

Photo : World today
Photo : World today

मिस जर्मनी २०२० को उपाधी ३३ वर्षिया अन्या कालेनबाखले जितेकी छन्।

यो उपाधी जितेपछि सामाजिक सञ्जालमा उनको फलोअर्स ह्वात्तै बढेको छ। अन्या दुई सन्तानकी आमा हुन्। यसले पनि उनको प्रशंसा गर्नेहरुको संख्या बढेको छ। 

प्राय सौन्दर्य प्रतियोगिताहरुमा शारिरिक बनावट र सुन्दरतालाई प्राथमिकता दिईन्छ। तर अन्याको हकमा भने यो लागु भएन। अन्याको व्यक्तित्व र विचारलाई प्राथमिकता दिईयो। 

प्रतियोगितामा स्विम सुट वाक गराइएको थिएन।
 

प्रकाशित मिति: : 2021-03-02 16:55:00

प्रतिकृया दिनुहोस्