प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विर्तामोडका ३७ विपन्न परिवारलाई घर हस्तारण गरेका छन्।
मंगलबार विर्तामोडमा आयोजित एक कार्यक्रममार्फत विर्तामोड नगरपालिका–७ मा निर्माण भएको प्रदेश गौरब भिलेज समुद्घाटन र हस्तारण गरेको हुन्।
हस्तान्तरण कार्यक्रमको सम्बोधन गर्दै कोहि पनि परिवार घरवार बिहीन हुन नपर्ने बताएका छन्।
विर्तामोड नगरपालिका, ह्याविटेट फर ह्युम्यनिटि र साहारा नेपालको आर्थिक तथा प्रविधिक सहयोमा घर निर्माण भएका भएको हो। निर्माण अभियानमा विभिन्न दातले जग्गा उपलब्ध गराएका थिए।
प्रत्येक घर निर्माणमा चार लाख लागतमा लागेको विर्तामोड नगरपालिकाले बताएको छ।