कोरोना भाइरस संक्रमण रोक्नलाई प्रयोग गरिने सेनिटाइजर खादा दुई जनाको ज्यान गएको छ।
किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर खादा झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको ज्यान गएको हो।
दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको बताईएको छ।