सेना आफैँले खुलासा गरेको स्थानीय तहसम्मको खुलेआम गुप्तचरी 

शिलापत्र

काठमाडौँ

मनबहादुर बस्नेत

एक वर्षअघि हो, नेपालको गुप्तचरी संस्थाको एउटा तालिमबारेको सूचना तस्वीरसहित सञ्चारकर्मीको इमेल खातामा फुत्त झरेको । मुलुकको एक मात्र जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी)का अधिकृतहरूले लिएको तालिमबारे सञ्चारमाध्यममा पुस ०७६ मा यसरी सूचना पठाइएको थियो ।

आफ्नो मूल परिचय लुकाएर छद्म भेषमा गुप्तचरी गर्ने निकायका व्यक्तिहरूको तस्वीर खुलमखुला सार्वजनिक भएको आठ महिनापछि नेपाली सेनाले त्यस्तै शैली अपनायो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल दुई वर्ष पूरा भएको उपलक्ष्यमा सार्वजनिक गरिएको एउटा दस्तावेजमा सैनिक गुप्तचरी स्थानीय तहसम्म पुर्‍याउने घोषणा गरिएको छ ।

प्रकाशित मिति: : 2021-03-01 21:32:00

प्रतिकृया दिनुहोस्