मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छः राष्ट्रपति भन्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएका छन्। 

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उनले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गरे। 

राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताईन्।

उनले नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उनको विशिष्ट पहिचान भएको बताईन्। सो अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगदद्वारा सम्मान गरे।। रासस

प्रकाशित मिति: : 2021-03-01 21:05:00

प्रतिकृया दिनुहोस्