‘छेच्यु पर्व’ को उत्सवमा सेरमाथाङमा ‘हेलम्बु ५ किमी रन’ सम्पन्न  (भिडियो)

सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र सेरमाथाङ, हेलम्बु गाउँपालिका–२ सिन्धुपाल्चोकमा ‘हेलम्बु ५ किमी रन’ प्रतियोगिता सम्पन्न भएको छ। 

‘हाम्रो संस्कृति, हाम्रो परम्परा, हामी सबै मिलेर जोगाऔं’ भन्ने नाराका साथ ह्योल्मो समुदायको महत्वपूर्ण पर्व ‘छेच्यु पर्व’ को उत्सवमा दौड आयोजना गरिएको थियो।

काठमाडौंदेखि नजिकको पर्यटकीय गन्तब्य हेलम्बु क्षेत्र प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदाले धनि छ। 

हेलम्बु क्षेत्रमा पर्ने ६–७ दिनको हेलम्बु ट्रेकिङ विदेशी पर्यटकमाझ लोकप्रिय छ। 

२०७२ सालको भुकम्पले गाउँ तहसनहस बनाएपछि विस्तारै उठ्न थालेको यहाँको पर्यटन २०७७ को कोरोना संक्रमणले सुनसान बनाएको थियो। तर आइतबार आयोजना भएको प्रतियोगिताले गाउँमा उत्साह थपिएको छ। 

ह्योल्मो समुदायको बसोबास रहेको यहाँका प्राकृतिक भूवनोट, ह्योल्मो संस्कृतीलगायत दोर्जे लाक्पा हिमाल, जुगल हिमाल, गौरिशंकरसहित दर्जनौ हिमालको मनोरम दृश्यले स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउँदछ। 

यहि पर्यटकीय भुमिमा ह्योल्मो समुदायको ‘छेच्यु पर्व’ को अवसरमा आइतबार आयोजना गरिएको दौडमा कूल ३९ जनाले भाग लिएका थिए। 

भेट्रान पुरुषरमहिला, ह्योल्मो ओपन च्यालेञ्ज पुरुषरमहिला र विद्यार्थी पुरुषरमहिला समुहमा प्रतियोगितालाई विभाजन गरिएको थियो। 

पहिलो पटक आयोजना गरिएको ‘हेलम्बु ५ किमी रन’ अर्को वर्षदेखि नियमित हुने आयोजक समितिका सदस्य छिरिङ लामाले बिएल नेपाली सेवालाई जानकारी दिए। 
 
उद्घाटन क्रममा प्रमुख अतिथि प्रदेश सभासद् माननीय निमा लामाले खेल स्वस्थको लागि र राष्ट्रको लागि महत्वपूर्ण रहेको बताए। 

खेलाडीलाई शुभकामना दिँदै उनले खेल पर्यटनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हेलम्बू क्षेत्रको प्रचारप्रसारमा मद्दत पुग्ने बताए।  

भेट्रान पुरुषतर्फ भिम गुरुङले ३० मिनेट १६ सेकेन्डमा ५ किमी दुरी पुरा गरेर पहिलो भए। दिपक रञ्जित ३० मिनेट ३८ सेकेन्ड र पुष्प श्रेष्ठले ३६ मिनेट १० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो र तेस्रो भए। महिलातर्फ ३९ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गर्दै राधा पहिलो भइन।  

ह्योल्मो समुहमा लाक्पा लामाले २८ मिनेट ५०, फुर्दोर्जे लामाले ४१ मिनेट २२ सेकेण्ड र डुङदुप लामाले ४१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै क्रमश ः पहिलो, दोस्रो र तेर्सो भए।

 महिलातर्फ दावा लामाले ३३ मिनेट ५२ सेकेन्ड, पासाङ डोल्माले ४४ मिनेट १ सेकेन्ड र हिमा ह्योल्मोले ४५ मिनेटमा दुरी पुरा गर्दै पहिलो, दोस्रो र तेस्रो हुन सफल भए। 

सिनियर स्कुलतर्फ पुरुषमा कर्मा लामाले २४ मिनेट १० सेकेन्ड,  सुरेश तामाङले २४ मिनेट ४६ सेकेन्ड,  सर लामाले २४ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै क्रमश पहिलो, दोस्रो र तेस्रो भए। 

महिलातर्फ याङ्की तामाङ ३२ मिनेट १० सेकेण्ड, अस्मिता भुजेल ३३ मिनेट १९ सेकेण्डमा पहिलो र दोस्रो भए भने सुनिता तामाङ तेस्रो भइन। 

जुनियर ‘स्टुडेन्ट’ तर्फ पुरुषमा मिङमारले ३७ मिनेट ४० सेकेण्ड, तेञ्जिङले ४१ मिनेट ५८ र ह्यवलले ४२ मिनेटमा  दौड पुरा गर्दै पहिलो, दोस्रो र तेस्रो भए।

 महिलातर्फ दावा याङ्गेल ३७ मिनेट १५ सेकेण्ड, फु डोल्मा ३९ मिनेट १० सेकेण्ड र पेमा डोल्मा ४४ मिनेटमा दौड पुरा गरेर पहिलो, दोस्रो र तेस्रो भइन। 

दौडका विजेता र सम्पूर्ण सहभागीलाई प्रमुख अतिथि माननीय निमा लामाले मेडल, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। 

आयोजक हिमालयन स्पोर्टस क्लब र सह(आयोजक सेरमान्थाङ ब्रेन्द्रु फ्रेन्डसिप एसोसिएसन थिए भने सिन्धुपालचोक एथ्लेटिक एसोसिएसन र गुडहेन्डस नेपालले सहयोग गरेका थिए।
 

प्रकाशित मिति: : 2021-03-01 17:59:00

प्रतिकृया दिनुहोस्

    Thanks for news Coverage Gurilla Sir ann all Team

    • 3 बर्ष अगाडि
    • Tshering Lama

    Good imitation by Chhiring Jee- this will definitely encourage youths for upcoming sports tourism... and in coming days the people from this area will definitely bit the record for international marathons... wish you good luck and keep doing these sort of sports Chhiring Jee... Namaste 🙏

    • 3 बर्ष अगाडि
    • Gagan raj Neupane