देशका विभिन्न ५० स्थानमा सवारी साधन चार्जिङ स्टेसन बनाईदै

नेपाल विद्युत् प्राधिकरण विद्युतीयले सवारी साधन चार्जिङ स्टेशन निर्माणको गर्न तयारी थालेको छ। 

प्राधिकरणले एक वर्ष अघि बोलपत्र आह्वान गरेको थियो। जस अनुसार एक साता भिघै सम्झौता गरिने जनाईएको छ। करिब ६० करोड रुपियाँ लागतमा ५० वटा स्टेशन निर्माणको लागी तयारी थालिएको छ। 

स्टेशनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ। एउटा चार्जरको मुल्य करिब रु ३० लाख पर्ने अनुमान गरिएको छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन देशका विभिन्न स्थानमा ५० वटा रहनेछन्।

स्टेशन निर्माण भईसकेपछि मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने छ। चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्ने छ।

प्रकाशित मिति: : 2021-03-01 07:54:00

प्रतिकृया दिनुहोस्