अमेरिकामा एक ब्यक्तिले तिन जनाकाे हत्या गरी उनीहरुको मुटु कलेजो आफन्तलाई खुवाए

अमेरिकाकाे ओक्लोहामा राज्यमा एक ब्यक्तिले तिन व्यक्तिको हत्या गरेर उनीहरुको मुटु कलेजो झिकेर उनीहरुकै नातेदारलाई खुवाएका छन्। 
प्रहरीका अनुसार चिकासा शहरमा लरेन्स पल एन्डरसनले शुक्रबार आफ्ना छिमेकी हरुको चक्कु हानेर हत्या गरे पछि उनीहरुको मासु पकाएर उनीहरुकै नातेदारलाई खुवाएका हुन्। 

ओक्लोहामा सिटि न्युज फोर टि भीका अनुसार आरोपी एन्डरसनले आफ्ना छिमेकी हरुको मुक्तिको लागि यो काम गरेको स्वीकार गरेका छन्।

पटक पटक जेल परिसकेका आरोपी एन्डरसन एक हफ्ता अघि मात्र लागु औसधि को आरोपमा जेल परेर रिहा भएका ब्यक्ति हुन्।

क्लोहामाका गभर्नर  केविन स्टिटले आफ्नो मामा को छोरा भएको कारण यी आरोपीलाइ जेल भुक्तान गर्नु पर्ने समय भन्दा अघि नै आफ्नो अधिकार प्रयोग गरेर जेल मुक्त गरेका थिए। 

यसै कारण गभर्नर स्टीटको पनि आलोचना भएको छ।

 

प्रकाशित मिति: : 2021-02-28 07:45:00

प्रतिकृया दिनुहोस्