संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति : बल फेरि सर्वोच्चकै कोर्टमा

सन्त गाहा मगर

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गरेपछि विभिन्न संवैधानिक निकायमा गरिएका ३२ पदाधिकारीको पद संकटमा परेको छ ।

संवैधानिक परिषद्का ६ मध्ये जम्मा ३ जनाको सिफारिस र संसदीय सुनुवाईबिनै नियुक्ति लिएका पदाधिकारीहरूलाई अदालतको फैसलाले थप आलोचित बनाएको हो । संकट वा आलोचना मात्रै होइन, संविधानतः उनीहरूको पद खारेज भएको कतिपयको भनाइ छ ।

 

संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्ण भन्छन्, ‘नेपालको संविधान र सर्वोच्च अदालतको फैसलाअनुसार उहाँहरूको नियुक्ति बदर भइसकेको अवस्था हो, संविधान र अदालतलाई नै मान्दिन भन्छ भने त्यो बेग्लै कुरा हो ।’

सुनुवाई बिनाको असंवैधानिक नियुक्ति

संविधानले सुनुवाई बिना संवैधानिक आयोगहरूमा नियुक्तिको कल्पना गरेको छैन । संविधानको धारा २९२ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदुतको नियुक्ति गर्दा संसदीय सुनुवाई गर्नुपर्ने व्यवस्था गरेको छ ।

३० मंसिरमा संवैधानिक परिषद्ले गरेको सिफारिस अनुसार प्रतिनिधिसभा नभएको भन्दै २१ म्ााघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायतमा नियुक्ति गरेको देखिन्छ ।

प्रकाशित मिति: : 2021-02-27 06:53:00

प्रतिकृया दिनुहोस्