चक्रपथमा मोनोरेल कुदाउने नगर प्रमुख शाक्यको आश्वासन सपनामै सीमित

थाहा खबर

काठमाडाै‌ं

काठमाडौं : काठमाडौं महानगरपालिकाको १० महत्त्‍वाकांक्षी योजनामध्येको एक हो मोनोरेल। काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मनोरेल सञ्चालनको लागि २०७५ पुस ४ गते चाइनाको चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड (सिआरसिसी) सँग डिपिआर बनाउन सम्झौता भएको थियो।

सम्झौताअनुसार एक वर्षमा डिपिआर बनाउनुपर्ने र चार वर्षमा चक्रपथ एरियामा मोनोरेल सञ्चालन गर्नुपर्ने थियो। सम्झौता कार्यक्रममा धेरै लागत लाग्ने भएकाले प्रदेश र संघ सरकारको सहयोगमा मोनोरेलको काम अगाडि बढाउने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका थिए। तर, डिपिआर बनाउन सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन।

चक्रपथमा मोनोरेल कुदाएर जनतालाई चढाउने प्रमुख शाक्यको आश्वासन सपनामै सीमित बनेको छ। यति मात्रै होइन शाक्यको निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर दिएको सय दिनमा १०१ काम गरेर देखाउने प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। 

प्रकाशित मिति: : 2021-02-26 19:16:00

प्रतिकृया दिनुहोस्