सातदोबाटो शीर्षस्थानमा यथावत्

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबविरुद्ध ३–२ गोलअन्तरको जित निकालेको हो।

सातदोबाटोको जितमा दार्जे तामाङ, आशिष राई र भुवन बस्नेतले गोल गरे। खुमलटारका लागि कप्तान सविन केसी र आदिल हामदले गोल फर्काए।

खेलको ११ औं मिनेटमा दोर्जेले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए। तर २६ औं मिनेटमा कप्तान सविनले गोल गर्दै खुमलटारलाई  १–१ गोलको बराबरीमा ल्याए। 

८ औं मिनेटमा आदिलले गोल गरेपछि खुमलटारले सातदोबाटोविरुद्ध २–१ गोलको अग्रता बनायो।

६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २–२ गोलको बराबरीमा पुर्‍याए। ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३–२ गोलको जित दिलाए।

यो जितसँगै शीर्ष स्थानमा रहेको सातदोबाटोले सात खेलबाट १९ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको खुमलटारले भने शीर्ष स्थानमा उक्लिने मौकालाई गुमाएको छ। खुमलटारको सात खेलबाट १६ अंक छ।

प्रकाशित मिति: : 2021-02-26 18:22:00

प्रतिकृया दिनुहोस्