३ वर्ष पछि ‘पठान’मा देखिदै शाहरुख खान

Photo : dnaindia
Photo : dnaindia

बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोणको चलचित्र ‘पठान’ २०२२ मा रिलिज हुने भएको छ।

लामो समयपछि शाहरूख र दीपिका सँगै देखिन थालेका हुन्। चलचित्र  पठान’ सन २०२१मा रिलिज हुने हल्ला थियो। तर यो फिल्म सन २०२२ मा मात्र रिलिज हुने भएको हो।  

बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले ट्विट गर्दै लेखेका छन्, ‘ब्रेकिङ न्युज!  लामो समयपछि ठूलो पर्दामा देखिन लागेका शाहरूख खान अभिनित फिल्म 'पठान' सन् २०२१ मा होइन, सन् २०२२ मा रिलिज हुनेछ।’

यसअघि शाहरूखको चलचित्र  ‘जिरो’ सन २०१८ रिलिज भएको थियो। त्यस यता शाहरुखले कुनैपनि फिल्म गरेका थिएनन्।करिब ३ वर्षपछि शाहरूख ‘पठान’मा देखिदैछन्। ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्।

चलचित्रमा शाहरुखको आलावा अभिनेता सलमान खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणको पनि मुख्य भुमिका रहनेछ। 


 

प्रकाशित मिति: : 2021-02-26 06:28:00

प्रतिकृया दिनुहोस्