बेश्यालय चलाउने गंगुबाइको कथामा निर्माण भएको चलचित्र 'गंगुबाई काठियावाडी'को टिजर सार्वजनिक,आलियाको सर्वत्र चर्चा

बिएल संवाददाता

काठमाडाै‌ं

बलिउड चलचित्र 'गंगुबाई काठियावाडी'को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३१ सेकेन्डको टिजरमा आलिया मात्रै देखिएकी छन्। 

टिजरले युटुबमा राम्रै चर्चा पाईरहेको छ। सबैले आलियाको प्रशंसा गरेको र पुरा फिल्मको प्रतिक्षा गरेको कमेन्टहरु गरेका छन्। टिजरमा आलियाले बोलेका संवाददेखि उनको अभिनयले दर्शकलाई उत्साहित र हुरुक्कै बनाएको छ। 

परिवारकै कारण आलिया जबर्जस्ती बलिउडमा आएको हल्ला बेलाबखत नचलेको होईन, तर उनको अभिनय अब्बल रहेको दर्शकहरुको टिप्पणी छ। केही महिना अगाडि मात्र नेपोटिज्मको शिकारमा परेकी आलिया यतिबेला भने सर्वत्र चर्चामा छिन्।

चलचित्र 'गंगुबाई काठियावाडी'लाई संजयलिला भन्सालीको निर्देशन गरेका हुन्।

उक्त चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित रहेको जनाईएको छ। सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो।
 

प्रकाशित मिति: : 2021-02-25 17:52:00

प्रतिकृया दिनुहोस्