भारतीय सेना प्रमुख भन्छन्– देपसांगमा चिनियाँ सेनाका लागि महत्वपूर्ण रणनीति छ

PTI
PTI

भारतीय थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले विवादित सीमा क्षेत्रबाट भारत र चीनले सेना फिर्ता गर्नेमा एकाअर्कालाई विस्वास गनुपर्ने बताएका छन्। 

विवेकानन्द इन्टरनेशनल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सेना प्रमुख नरवाणेले पेगोंग झीलको उत्तरी र दक्षिणी किनाराबाट भारतीय र चिनियाँ सेना आ–आफ्नो इलाकामा फिर्ता गर्नु नै लाभकारी हुने बताए।

पूर्वी लद्दाखको देपसांग इलाकाको समाधानका लागि भारतले आफ्नो महत्वपूर्ण रणनीति बनाएको उनको दाबी छ।

सेना प्रमुख नरवाणे लद्दाखमा जारी गतिरोधमा चीन र पाकिस्तानबीच साँठगाँठको कुनैपनि संकेत नरहेको स्पष्ट पारेका छन्। 

तर, भारतले भने दुबै पक्षलाई ध्यानमा राख्नुपर्ने तर्क गर्दै दुर्गामी योजना बनाउनुपर्ने उनले बताए। 

राजनीतिक स्तरबाट भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षीसँग संवाद जारी राखेका छन्।

प्रकाशित मिति: : 2021-02-25 09:57:00

प्रतिकृया दिनुहोस्