बलिउड अभिनेता विवेक ओवरायलाई सजाय

Photo : dailyo
Photo : dailyo

हेलमेट र मास्कबिना बाइक चलाएको भन्दै बलिउड अभिनेता विवेक ओवराय सजायमा परेका छन्।

विवेकलाई मुम्बई पुलिसले जरिवाना तिराएको हो। विवेकले श्रीमती प्रियंका ओवरायसँग बाइक राइड गरेको भिडिओ इन्स्टाग्राममा भाईरल भएपछि सान्टा क्रुज ट्राफिक पुलिसले हेलमेट र मास्क नलगाएको आरोपमा भारु ५ सय रूपैंया जरिवाना तिराएको हो।

विवेकले ट्विटरमार्फत आफ्नो गल्ती भएको भन्दै माफीसमेत मागेका छन्। मुम्बई पुलिसलाई आफ्नो गल्ती महशुस गराइदिएकोमा उनले धन्यवाद पनि दिए। 

विवेकले ट्विटरमा लेखेका छन्, ‘हेलमेटबिना बाइक चलाउँदै हुनुहुन्छ? मुम्बई पुलिसले चेकजाच गर्नेछ ! मलाई मेरो ज्यानको सुरक्षाबारे बुझाइदिनु भएकोमा धन्यवाद मुम्बई पुलिस। सुरक्षित रहनु, हेलमेट र मास्क अनिवार्य लगाउनु।’
 

प्रकाशित मिति: : 2021-02-24 08:21:00

प्रतिकृया दिनुहोस्