सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मोत्सव मनाउँदै थिए।
बालबालिकासँग आफ्नो जन्मदिन मनाउन बालमिन्दर पनि पुगे, प्रधानमन्त्री ओली। ओलीले दिनभरजसो पारिवारिक सदस्य, मन्त्री र निकट नेताहरूका साथमा विभिन्न चरणमा जन्मदिन मनाए।