संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ।
सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ। संसद् भंग गरेकै कारण विभाजित भएको नेकपाको एउटा घटक प्रचण्ड–माधव समूहका नेताहरुले अदालतको फैसलालाई आफ्नो जित मानेका छन्।