लेखक तथा निर्देशक दीपेन्द्र लामाले छोटो एउटा चलचित्र निर्माण गरेका छन्।
लामाले पछिल्लो समय नेपालमा बढ्दै गईरहको मानसिक स्वास्थ्य र आत्महत्याको विषयमा २० मिनेटको 'वर्दान' चलचित्र निर्माण गरेका हुन्। चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ।
चलचित्रलाई केही सातापछि अनलाईनबाट रिलिज गरिनेछ। दयाहाङ र नम्रताले पहिलो पटक चलचित्रमा सगैँ काम गरेका हुन्।
चलचित्रमा दया र नम्रताको अलावा पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ लगायत कलाकारले अभिनय रहेको छ।