जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ।
शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरिएको हो।
अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिए।
‘पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद आजादलाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका हौँ’ उनले भने।
तत्कालीन पञ्चायतकालीन समयमा आन्दोनमा मध्यकमान्ड सम्हालेका उनको २०३१ साल फागुन १२ गते बीभत्स हत्या भएको थियो।