गोकुल बाँस्कोटाले भने– 'एक-दुई-तीन संसद् पुनर्स्थापना हुँदैन'

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना नहुने सार्वजनिक रुपमा दाबी गरेका छन्।

उनले मंगलबार ट्वीटरमा लेखेका छन्, 'एक-दुई-तीन संसद् पुनःस्थापना हुँदैन।'

ओलीनिकट केन्द्रीय सदस्य बाँस्कोटाले सूर्य चिन्ह पनि ओलीकै हुने दाबी गरेका छन्। 'अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल !', उनले कटाक्ष गरेका छन्।

'एक-दुई तीन संसद् पुनःस्थापना हुँदैन चुनावपछि नयाँ संसद बन्छु', उनले भने, 'साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ। किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन। प्रतिकृया त जे लाग्छ सो देऊ न।'

प्रकाशित मिति: : 2021-02-23 13:23:00

प्रतिकृया दिनुहोस्