मन्त्रिपरिषद् बैठक बस्दै, विप्लव नेतृत्वको नेकपाकाे प्रतिबन्ध फिर्ता गर्ने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले नेत्रबिक्रम चन्द विप्लव  नेतृत्वको नेकपा गतिविधि प्रतिबन्ध फिर्ता लगायत अरु नियमित एजेन्डामा छलफल हुन  सक्ने एक मन्त्रीले बिएल नेपाली सेवालाई बताए। 

'आजकाे बैठकमा नेकपा गतिविधि प्रतिबन्ध फिर्ता लगायत अरु नियमित एजेन्डा छ।  त्यस विषय सोमबारपनि छलफल भएको थियो । आज त्यही बिषयमा छलफल हुन्छ,' ती मन्त्रीले भने। 

त्यसअघि  बिहान नौ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बस्दै छ। प्रधानमन्त्री ओलीको आह्वानमा बैठक बस्न लागेको हो।

अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन्। यसअघि भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आउनुअघि ५ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा परिषद् बैठक बसेको थियो।

खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ। देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ।

सोमबार नियमित क्याबिनेट बैठक हुने गरेपनि मंगलबारका लागि राखिएको छ ।

प्रकाशित मिति: : 2021-02-23 07:57:00

प्रतिकृया दिनुहोस्