‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

अनलाइनखबर

काठमाडौँ

निर्भीकजंग रायमाझी

गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो ।

केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो ।

राज्यसत्ता र पुरुषसत्तालाई बलात्कारी मान्ने यो आन्दोलन दक्षिण अमेरिकी राष्ट्र चिलीबाट सुरु भएको हो ।

नेपालमा यस्तो आन्दोलन सुरु गर्ने श्रेय अभियन्ता प्रकृति भट्टराई बस्नेतको समूहलाई जान्छ । उनीहरुले सामाजिक सञ्जालमा ‘अझै कति सहने ?’ नामको समूह बनाएर आन्दोलन थालेको थिए । उनीहरु अहिले नागरिक समाजसँगै प्रतिगमनविरूद्ध पनि लडिरहेको छ ।

आन्दोलनको यो भित्री कथा पछि युवतिहरूलाई संगठित गरिरहेकी प्रकृति भट्टराई बस्नेतको कुरा गरौं ।

२०७४ साल, प्रतिनिधिसभा निर्वाचनको समय थियो । सेन्ट जेभियर्स कलेजकी विद्यार्थी प्रकृतिले सामाजिक कार्य (सोसल वर्क) को एक महिने इन्टर्नसिपको लागि आफ्नै टोल रहेको काठमाडौं क्षेत्र नं १ रोजेकी थिइन्, जुन चुनावी माहोलमा डुबेको थियो ।

प्रकाशित मिति: : 2021-02-22 22:07:00

प्रतिकृया दिनुहोस्