खलासी : हामीले बनाएको संरचनाको दोष

शिलापत्र

काठमाडाै‌ं

रतन देवकोटा

कतै खुट्टाहरू साटिन्छन् कि जस्तो लाग्ने । उफ् ! ठेल्लम ठेल । खुट्टा टेक्ने ठाउँ नमिलेर आकाश हेर्न अभिशप्त आँखाहरू । गाडीभित्र केको आकाश ? धुलो र खिया टाँसिएको घोप्टे छतले आकाश छेकिदिन्छ । मान्छेहरूको स्वाँस्वाँ र फ्वाँफ्वाँ ।

'वैदेशिक शिक्षाका लागि अवसर' गाडीका भित्तामा अर्ध च्यातित यस्तै केके पोस्टरहरू । स्वदेशमै गुणस्तरीय शिक्षा पाउने पोस्टर कहिले टाँसिएलान् ?

'ओ दाइ ! पछाडि सर्नु न पछाडि', झम्टिउँलाझैँ गरी खलासीले यात्रुलाई करायो ।

गाडीको कर्मचारीभन्दा सभ्य सुनिन्थ्यो होला । तर, मस्तिष्कमा खलासी शब्द इन्स्टल छ । खलासी- पूर्वाग्रहले पोतिएको शब्दजस्तो लाग्छ ।

अन्दाजी १८/१९ वर्षको । 'यो युवाको घर कता होला ?' जिङरिङ्ग परेको कपाल । मैलो जिन्सपाइन्ट । चर्को बोली । ओठमुख हेर्दा, समय भ्याएसम्म पुकारको फाँको चपाइरहने आदत छ कि जस्तो देखिने ।

'ठाउँ हुन पर्‍याे नि भाइ ? कति पछाडि सर्नु ?', गुम्सिएको यात्रुले पीडा मिसिएको आक्रोश पोख्यो ।

'झर्नेहरू अगाडिअगाडि आउनु है छिटोछिटो, भाडा हातमा लिएर', खलासी फेरि चिच्यायो । पछाडि छेउमा पुगेका केही यात्रु कन्दैकन्दै ढोकासम्म पुगे । दायाँ हातमा भाडा च्यापेर पहिलो यात्रु फुत्त ढोकाबाट निस्कियो ।

'कत्ति ढिलो गरेको यार छिटो आउनु पर्दैन ? कस्तो मु...', खलासीले विनम्रताको रेखा ताेड्यो । यात्रुलाई खाउँलाझैँ गरी बोल्यो ।'अलि राम्रो मुखले बोल न ओइ भाइ' भनूँ कि लाग्यो तर भन्न सकिएन । अरू पनि बोलेनन् ।

प्रकाशित मिति: : 2021-02-22 17:26:00

प्रतिकृया दिनुहोस्