पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य परीक्षण आज साढे एक बजे नयाँदिल्लीमा

बिएल संवाददाता

नयाँदिल्ली 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा स्वास्थ्य परीक्षण हुँदैछ।

आज दिउँसो साढे एक बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुने भट्टराईको सचिबालयले जनाएकाे छ।

स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने पूर्वप्रधानमन्त्रीसँगै नयाँदिल्लीमा रहेका उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-22 12:15:00

प्रतिकृया दिनुहोस्