गलवानमा चीन–भारत झडपको 'भिडियाे फुटेज' सार्वजनिक

गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडियाे फुटेज सार्वजनिक भएकाे छ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले भारत–चीन सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा ८ महिनाअघि (जुन १५) सीमा विवादका कारण दुई देशका  सेनाबीच भिडन्तको फुटेज सार्वजनिक गरेकाे हाे।

जुन झडपमा भारतका २० सैनिक मारिएका थिए। फुटेज सार्वजनिक गरिएसँगै चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको छ।

भिडियाेमा झडपमा मारिएका आफ्ना ४ सैनिकलाई सलामी दिइएको दृश्य पनि छ। दुई देशका सेनाबीच भएको झडपका साथै सैन्य अधिकारीबीच वार्ता भएको पनि भिडियाेमा देखाइएको छ।

चीनले ‘थर्मल इमेजिङ ड्रोन’ को सहयोगले भारतीय सेनालाई पहिले ‘ट्रेस’ गरेर, त्यसपछि आफ्नो सैनिक क्षमता बढाउँदै गलवान उपत्यकामा भारतीय सेनामाथि हमला गरेको आराेप लगाउँदै आएकाे छ।

भारतीय सञ्चार माध्यमका अनुसार चिनियाँ सेनाले सबै खाले हतियार प्रयोग गरेका थिए तर भारतको तर्फबाट हतियार प्रयोग गरिएन।

उक्त झडप दुबै सेनाबीच ८ घण्टा चलेकाे थियो।



गलवान मुठभेडमा आफ्ना चार सेना मारिएको चिनियाँ सेनाको स्विकारोक्ति 

प्रकाशित मिति: : 2021-02-20 12:45:00

प्रतिकृया दिनुहोस्