हात-हातमा कागजपत्रको फाइल हाल्ने प्लाष्टिकको ब्याग छ। बिहानै ९ बजेदेखि युवाहरू लाइनमा छन्। अनुशासित भएर लाइन मिचिन्छ कि भन्दै अगाडि-पछाडि हेरिरहेका युवाहरू देखिन्छन्।
यतिखेर सुदुर पूर्वदेखि सुदूरपश्चिमका युवाहरू एकै ठाउँमा छन्। फिल्म हलमा टिकट काट्न, खाद्य सामग्रीको कुपन लिन नभई पासपोर्ट बनाउने युवायुवतीको लाइन हो।