संवैधानिक इजलासका १५ निर्णायक प्रश्न

यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ:

१. महान्यायाधिवक्तालाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : अन्तर्निहित अधिकार केवल सार्वभौमसत्ता भएको व्यक्तिमा रहन्छ, तर नेपालको संविधानमा सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहने भनिएकोमा प्रधानमन्त्रीसँग कसरी अन्तर्निहित अधिकार रह्यो ? 

२. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रश्न : संविधानको धारा ७६ (७) मा प्रतिनिधिसभा विघटनसम्बन्धी व्यवस्था छ । तर, संसद्बाट प्रधानमन्त्री नियुक्त हुन नसकेको वा नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा भनिएको छ । के अहिले प्रधानमन्त्री नै नियुक्त हुन नसकेको अवस्था हो ? 

प्रकाशित मिति: : 2021-02-20 06:08:00

प्रतिकृया दिनुहोस्