महिला मार्चका अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै  बृहत् नागरिक आन्दोलनद्धारा ध्यानाकर्षण 

प्रतिगमन तथा बलात्कारविरुद्ध गत माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै बृहत्‘ नागरिक आन्दोलन’ले ध्यानाकर्षण गरेको छ।

बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की आएको बताएको छ। 

यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन बृहत् नागरिक आन्दोलनले माग गरेको छ।  

 

 

प्रकाशित मिति: : 2021-02-19 08:29:00

प्रतिकृया दिनुहोस्