प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्डको मानव साङ्लो (तस्वीरहरु)

कमल प्रभात

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटन, महँगी र महिला हिंसाकोविरुद्ध नेकपा प्रचण्ड पक्षले बिहीबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ।

केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गरेको हो।

मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन भएका थिए।

उनीहरुले  ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा र बाजागाजासहित  टुँडिखेल घेराउ गरेका हुन्।केन्द्रीयस्तरका नेताहरु समेत मानव साङ्लोमा सहभागी भएका थिए।

प्रकाशित मिति: : 2021-02-18 18:25:00

प्रतिकृया दिनुहोस्