स्थानीय तहको हिउँदे अधिवेशन शुरु

khaptad online

जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन्। 

अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७\७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन्।

दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ। अध्यक्ष प्रयागराज जोशीले  अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिए।

विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उनले बताए।

यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ। केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिए। 

उनले भने, ‘स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ।’

काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उनले बताए। उनले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको जानकार दिए।यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन्।

प्रकाशित मिति: : 2021-02-18 12:26:00

प्रतिकृया दिनुहोस्