रातमा बिपी बढ्नाले बढ्छ स्मृति गुम्ने खतरा, यी तरिकाले सुधार गर्न सकिन्छ !

बिएल संवाददाता

काठमाडाै‌ं
Onlinekhabar

वैज्ञानिकहरूले ब्लड प्रेसर र कम भइरहेको स्मृतिबीचको सम्बन्ध पत्ता लगाएका छन्। 

अनुसन्धानको रिपोर्टले बताउँछ कि दिनको तुलनामा रातमा ब्लड प्रेसर उच्च हुने पुरुषहरूमा डिमेन्शिया हुने सम्भावना १.६ गुणा बढी हुन्छ। 

डिमेन्शिया भएका व्यक्तिको लगातार स्मृति कम हुदै जान्छ साथै त्यस्ता व्यक्ति कुनै पनि निर्णय लिन असफल हुन्छन।

एक अनुसन्धानमा ७० बर्ष उमेरका व्यक्तिहरुलाइ अध्ययनमा सामेल गरेर उनीहरूको ब्लड प्रेसर दिन र रातमा मापन गरिएको थियो।

 जसमा रातको समयमा ब्लड प्रेसर बढेका व्यक्तिहरुमा डिमेन्शियाको प्रभाव देखिएको थियो। यसको कारण अझै पत्ता लागेको छैन, तर वैज्ञानिकहरू विश्वास गर्छन् कि रातमा ब्लड प्रेसर बढाउँदा त्यसले मस्तिष्कको क्रियाकलाप रोक्न सक्छ। 

उच्च ब्लड प्रेसरका केसहरू प्राय: ५० वर्षको उमेरदेखि मानिसहरूमा देखा पर्न थाल्छन् जुन डिमेन्शियाका लागि ठूलो जोखिमको कारक हो।

विश्वमा करीव ५ करोड अल्जाइमरका बिरामीहरू छन्, जसमध्ये ५० देखि ७० प्रतिशत डिमेन्शियाबाट ग्रसित छन्। दिमागको स्मृतिलाई कम्जोर हुन नदिन यी उपायहरु अपनाउन सकिन्छ:

•    दिमाग बढाउने वा पज़ल गेमहरु धेरै खेल्ने गर्नुपर्छ
•    कम्तिमा पनि ८-१० घण्टाको निन्द्रा पुराउन आवश्यक छ 
•    नियमित रुपमा शारीरिक व्यायाम र एरोबिक्स गर्नुपर्छ
•    बिपी, कोलेस्ट्रोल र ब्लड सुगरलाई कन्ट्रोलमा राख्नुपर्छ 
•    अरु व्यक्ति संग कुराकानी गर्न छोड्नु हुदैन
•    सक्रिय र सफा रहनुपर्छ

प्रकाशित मिति: : 2021-02-17 14:21:00

प्रतिकृया दिनुहोस्