बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको विद्यालयकै एक विद्यार्थी स्वीकार गरेका छन्।
प्रहरीका अनुसार सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीलाई सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन्।
प्रहरीले भट्टलाई बुधबार (आज) सार्वजनिक गर्ने तयारी गरेकाे छ।
माघ २१ गते बिहान घरबाट विद्यालय हिडेकी भागरथी घर नफर्किएपछि खोजी गर्दा २२ गते साँझा ५ बजे भागरथीको शव लवलेक जंगल भन्दा तल झाडीमा भेटिएको थियो।
बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको टोलीले ती शंकितलाई शनिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडी पु-याएको थियो। तर अहिले उनकै विद्यालयका सहपाठीले भागरथीको बलात्कारपछि हत्या स्वीकार गरेका हुन्।